October 19, 2017

गुजरातले टस जित्यो बैंग्लोर ब्याटिङ गर्दै

काठमाण्डौ, १४ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज सुरेश रैनाको नेतृत्वमा रहेको गुजरात लायन्स र विराट कोहलीको कप्तानी रहेको रोयल च्यालेन्जर्स बैंग्लोरबीच खेल भइरहेको छ ।

बेंग्लोरको चिन्नास्वामी स्टेडियममा भएको खेलमा गुजरातले टस जितेर फिल्डिङ राेजेको हो । प्रतियोगिताको ३१ औं खेलमा दुबै टिम जित निकाल्ने रणनीतिका साथ मैदानमा उत्रिएका छन् ।

बैंग्लोरको खातामा ८ खेलबाट ५ अङ्क छ भने ७ खेल खेलेको गुजरातको ४ अङ्क छ ।