October 23, 2017

सप्तरीको छिन्नमस्ता गाविसबाट अवैध यौन क्रियाकलापमा संलग्न ६ पक्राउ

दिनेश शर्मा / राजविराज, १४ वैशाख । पूर्वाञ्चलकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर रहेको सप्तरीको छिन्नमस्ता गाविसबाट अवैध यौन क्रियाकलापमा संलग्न ६ जनालाई बिहीवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटल सञ्चालक समेत छन् ।

छिन्नमस्ता गाउँपालिका–३ स्थित राजु होटल एण्ड रेष्टुरेण्टबाट उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले ६ जनालाई नै सार्वजनिक गरेको छ ।

होटलमा अवैध यौन क्रियाकलाप हुने गरेको सूचनाका आधारमा बिहीबार बिहान प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा भारतको निर्मली बस्ने ४ पुरुष र मोरङको विराटनगर उपमहानगरपालिका बस्ने १ महिलालाई आपत्तिजनक अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी लक्ष्मीराज अधिकारीले बताए ।

होटल सञ्चालक सहित ६ जनालाई नै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपस्थित गराई थप अनुसन्धान सुरु गरिएको अधिकारीले बताएका छन् ।