एमालेले वैशाख १६ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाण्डौ, १४ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहलाई लक्षित गर्दै वैशाख १६ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको एमाले स्थायी कमिटि बैठकले भोली घोषणापत्रको अन्तिम रुप दिई पर्सि १६ गते सार्वजनिक गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । त्यस्तै एमालले स्थानीय निकायको उम्मेदवारको पनि भोली नै टुङ्गो लगाउने जनाएको छ । बैठकले सरकारले संसदमा टेबल गरेको संशोधन विधेयकलाई असफल बनाउन सदनमा कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको भट्टराईले बताए ।

बैठकमा पार्टी अध्यक्ष केपी ओलीले विपक्षी गठबन्धनसँग भएको छलफल र पछिल्लो राजनीतिक अवस्थामा बिषयमा जानकारी गराएका थिए । एमाले बैठक भोलि दिउँसो दुई बजे पुनः बस्ने भट्टराईले जानकारी दिए ।