स्तनपान सप्ताह मधेश केन्द्रित बनाउन सुझाव

काठमाण्डाै, २० साउन । महिला बालबालिका समितिका सभापति रञ्जुकुमारी झाले मधेशमा कुपोषणको संख्या अत्यधिक भएकाले स्तनपान सप्ताहलाई मधेश केन्द्रीत बनाउन सुझाव दिएकी छन् ।

विश्व स्तनपान सप्ताहको अवसरमा शुक्रबार काठमाण्डौमा गरिएको कार्यक्रममा विभिन्न दलका सांसदहरुले स्तनपानका बारेमा तल्लो तहसम्म चेतना अभिवृद्धि गराउन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा सहभागी अन्य सांसदहरुले भने प्रजनन् स्वास्थ्यसम्बन्धी विधेयकलाई परिमार्जन गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । कार्यक्रममा स्वास्थ्यकर्मीहरुले भने महिलाले आफ्नो सौन्दर्यमा ह्रास आउने भन्दै बच्चालाई नियमित स्तनपान नगराउँदा समस्या भएको बताएका थिए ।

‘सबै मिली स्तनपानलाई दिगो बनाऔं’ भन्ने नाराका साथ नेपालमा पनि साताव्यापी कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।