August 20, 2017

ट्रम्पका छोरा र रुसबिचकाे कुराकानीकाे अनुसन्धान गर्न निर्णायक मण्डल गठन

काठमाण्डाै, २० साउन ।  अमेरिकामा राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष समितिले वृहत् निर्णायक मण्डल गठन गरेको छ ।

निर्णायक मण्डलले राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा र रुसी कानून व्यवसायीबिच सन् २०१६ को जुनमा भएको बैठकका सहभागीलाई उपस्थित हुन आदेश जारी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अनुसन्धान अब राष्ट्रपतिको भित्रि घेरामा केन्द्रित हुने खबरमा उल्लेख छ । राष्ट्रपति ट्रम्पले भने हिलरी क्लिन्टनलाई हराउन रुससंग साठगाँठ गरेको आरोप अस्वीकार गर्दै आएका छन ।