September 21, 2017

म्याग्दीमा पहिरोका कारण तीन घरपरिवार विस्थापित, २० घर जोखिममा

म्याग्दी, १९ साउन । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १० पात्लेखेतमा पहिरो जाँदा तीन घरपरिवार विस्थापित भएका छन् ।

पहिरोले पात्लेखेतका थविलाल गर्बुजा, हरि गर्बुजा र लालबहादुर हमालका परिवार विस्थापित भएका हुन । बान्द्रेखाल्टी पहिरोका कारण गर्बुजाको ढुङ्गामाटोले बनेको दुईतले घर पहिरोले बगाएको छ ।

यसैगरी लालबहादुर हमालको ट्वाईलेट बगाएको छ भने भैँसी बाँध्ने गोठ बग्न लागेको र दुईवटा घर बस्न नमिल्ने गरी चर्किएको त्याहाका स्थानीय बासी अर्जुन पराजुलीले बताए ।

त्यस्तै हरि गर्बुजाको पनि घर पहिरोको उच्च जोखिममा परेपछि उनीहरु विस्थापित भएका छन् ।  साबिक पात्लेखेत गाविसको ३ र ४ नम्बर वडामा पर्ने बान्द्रेखाल्टी र पाखाखेत पहिरोका कारण ५ घर उच्च जोखिममा परेका छन् भने १५ घर जोखिममा परेका छन् ।