November 19, 2017

प्रदेश र प्रतिनिधिसभाकाे चुनाव एकै पटक गर्नु पर्ने पक्षमा एमाले

अतिश कुमार मिश्र/ जनकपुरधाम, साउन १९ । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय तहको निर्वाचन पछि प्रदेश र प्रतिनिधिसभाको चुनाव एकै पटक गर्नु पर्ने पक्षमा आफनो पार्टी रहेको बताएका छन ।
जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टराईले दुई वटा चुनाव एकै पटक गरिए मुलुक ठुलो व्यवभारबाट जोगिने समेत बताए ।
उनले एकै पटक चुनाव गराउदा अनुत्पादक क्षेत्रमा खर्चहुने १५ देखी २० अर्व रुपैया मुलुकलाई फाइदा हुने समेत बताएका छन ।
संयोजक भट्टराईले मुलुकलाई यथास्थितिमा राख्न नसकिने बताउदै तीन वर्टै तहको निर्वाचन माघ ७ गते भित्र सकिने गरि मुलुक अगाडी बढेको समेत बताए ।
पत्रकारहरुले राखेको जिज्ञासमा भट्टराईले नयाँ प्रतिनिधिसभाले मात्र संविधान संशोन गर्न सकिने भएकाले समेत तीन वटै तहको निर्वाचन निर्धारित समय भित्रै हुनु पर्ने बताए । अहिले संसदमा प्रस्तुत संशोधन विधेयकमा एमालेको समर्थन नरहने बताउदै भट्टराईले तीनै तहको निर्वाचन पछि त्यस विषयमा कुरा गर्न सकिने बताएका छन ।
अहिलको अवस्थामा सत्तारुढ दलहरुले पनि संविधान संशोधनलाई देखाएर एमाले र राजपालाई भिडाउन चाहेको बताउदै भट्टराईले त्यसबाट जोगिन समेत राजपालाई चुनावमा सहभागी हुनु पर्ने बताएका छन ।