कट्रिना पनि इन्स्टाग्राममा जोडिइन्

काठमाण्डौ, १४ वैशाख । अभिनेत्री कट्रिना कैफले सामाजिक सञ्जालमा थप एक फड्को कदम अघि राखेकी छिन् ।

बिहीबार फेसबुककै अर्काे एप्स इन्स्टाग्राममा खाता खोल्दै कट्रिनाले पहिलो तस्बिर सेयर गरेकी छिन् । उक्त तस्बिरमा उनलाई निकै कामुक देखिएको छ । उनले तस्बिरसँगै लेखिन्, ‘नयाँ सुरुवात…मेरो प्यारो ठाउँबाट आउँदै, हेलो इन्स्टाग्राम ।’

आफ्नो ३३ औं जन्मोत्सवको अवसरमा गत वर्ष जुलाई महिनामा फेसबुकमार्फत् कट्रिनाले सामाजिक सञ्जालमा पाईला टेकेकी थिइन् ।