खुला सिमानाकाे समस्या नेपाल -भारत मिलेर हल गर्नु पर्छ : उपेन्द्र यादव

काठमाडौं, १८ साउन ।  संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल भारतबिचको सम्बन्धलाई परिस्कृत गर्दे अघि बढ्नुपर्ने बताएका छन ।
नेपाल प्रवुद्ध समूहले काठमाडौमा गरेको नेपाल भारत सम्बन्ध बिषय अन्तक्रियामा उनले नेपाल भारत खुल्ला सिमानाका कारण देखिएको समस्यालाई पनि दुबै देशले छलफलबाट हल गर्दे अघि बढ्नुपर्ने बताए ।

नेपालको आर्थिक क्षेत्रमा पनि भारतको भूमिका महत्वपूर्ण रहेको उनकाे भनाई थियो ।  कार्यक्रममा सहभागी परराष्ट्रबिदहरुले नेपाल भारत सम्बन्धका बिषयमा चर्चा गरेका थिए ।