November 17, 2017

नारायणगढ–मुग्लिन सडक निर्माणकाे काम छिटो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

चितवन,१८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुग्लिन–नारायणगढ सडकखण्डको निर्माण कार्य द्रुत गतिमा अघि बढाउन निर्माण कम्पनिलार्इ  निर्देशन दिएका छन् ।

निर्माणाधीन मुग्लिन–नारायणगढ सडकको अनुगमनमा बुधबार चितवन पुगेका देउवाले निर्माणका क्रममा अप्ठेरो परे सरकार सहयोग गर्न तयार रहेकाे बताए ।  सरोकारवालासँगको अन्तक्रिया कार्यक्रममा देउवाले भने । उक्त सडकखण्ड मुलुकै लाइफलाइन भएकाले मानवीय संवेदनालाई ख्याल गरीजति सक्दो छिटो यथासीध्र काम सम्पन्न गर्न देउवाले आग्रह गरे ।

यस्तै दासढुंगाको प्रेसिडेन्सी रिसोर्टमा आयोजित कार्यक्रमा यातायातमन्त्री वीरबहादुर बलायरले अबका दिनमा कुनैपनि बहाना पारेर म्याद थप गर्न नदिने स्पष्ट पारे ।

अनुगमन कार्यक्रममा पूर्वमन्त्रीहरु प्रकाशसरण महत, बालकृष्ण खाँड   प्रधानमन्त्री कार्यलयका सचिव चन्द्र घिमिरे, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की सहभागी थिए । अनुगमनमा गएका प्रधानमन्त्री देउवाले निर्माणाधीन सडकको विभिन्न खण्डको अवलोकन गरेका थिए ।

सडकको स्तरोन्नतिका लागि दुई वर्षमा सक्ने गरी सन २०१५ अप्रिलमा काम सुरु  भए पनि सडक निर्माणका लागि हालसम्म दुई पटक म्याद थपिएको छ ।  पछिल्लो समय २०१८ फेब्रुवरीमा काम सक्ने गरी म्याद थपिएको छ । तीन ठेकेदार कम्पनीले जिम्मा लिएको यस सडकखण्डको काम समयमै नहुँदा सडकबाट यात्रा गर्ने यात्रुले सास्ती व्यहोर्दै आएका छन् । यसक्रममा पहिरोका कारण प्रहरीसहित थुप्रै यात्रुले ज्यान गुमाइसकेका छन् ।