कांग्रेसकै कारण संविधान संशाेधन राेकिएकाे राप्रपा अध्यक्ष थापाकाे अाराेप

अतिश कुमार मिश्र/जनकपुरधाम, १८ साउन । राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दलले मधेशको समस्या समाधान गर्न संसदमा प्रस्तुत संशोधन विधेयक पास गराउनै नचाहेको आरोप लगाएका छन ।

जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सत्तारुढ दलहरु राप्रपाको १० सांसद हराएको कारण संविधान संशोधन हुन नसकेको भनी गरि रहेको प्रचार नियोजित प्रोपगण्डा मात्र रहेको बताएका छन ।

उनले संविधान संशोधन भए राजपा पनि चुनावमा आउने र त्यसले खास गरि कांग्रेसलाई घाटा हुने देखेर नेपाली कांग्रेसले संशोधन विधेयक अडकाएर राजपालाई चुनावबाट बंचित गराउने प्रयास गरेको आरोप लगाए ।

संविधान संशोधन विधेयककोपक्षमा दुई तिहाई हुँदा हुदै पनि संशोधन पास नगराउनमा कांग्रेस मुख्य दोषी रहेको उनले बताए । मधेशको समस्या समाधानहुने गरि आएको संशोधन विधेयकको पक्षमा आफुहरु अहिलेपनि उतिकै अडिग रहेको बताए ।

संविधान संशोधनको विषयमा राप्रपाको संसदीय दलको बैठक जारी रहेकै बेला नेपाली कांग्रेस माओवादी र राजपाले भोटिङ्गलाई स्थगति गरार राप्रपालाई बदनाम मात्रगर्न खोजिएको बताए । अध्यक्ष थापाले मधेशमा अहिले सुशुप्त अवस्थामा रहेका विखण्डकारीहरुलाई निस्तेज गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउनका लागि संशोधनको एजेण्डा आफुहरुको नभएपनि संशोधनको पक्षमा उभिएको बताए ।

उनले तेस्रो चरणको निर्वाचनमा राजपालाई पनि सहभागी गराउने वातावरण बनाउन सत्तारुढ दल र प्रमुख प्रतिपक्षी संग आह्वान समेत गरेका छन । अध्यक्ष थापाले मधेशको एउटा ठूलो शक्ति राजपालाई चुनावबाट रोक्ने प्रयास गरिए मुलुकको लागि प्रतित्युपादक हुने समेत बताएका छन ।