August 17, 2017

चेतन भगतमाथि कहानी चोरेको आरोप, अदालतद्वारा उपन्यासमा प्रतिबन्ध

काठमाण्डौ, १४ वैशाख । सुप्रसिद्ध भारतीय उपन्यासकार चेतन भगतमाथि कहानी चोरेको आरोप लागेको छ ।

योसँगै चेतन भगतको उपन्यास ‘वन इन्डियन गर्ल’ लाई १ जुन सम्म बिक्री वितरणका लागि बैंग्लोरको एक अदालतले रोक लगाएको छ । खाशमा लेखिका अन्विता बाजपेईले चेतन भगतको उपन्यास आफ्नो किताब ‘लाइफ, याड्स एन्ड इन्डस’ को एउटा छोटो कथाजस्तो भएको आरोप लगाएकी हुन् ।

यद्दपि चेतन भगतले यो आरोपलाई खारेज गरेका छन् ।