पूर्व र पश्चिमका पहाडी जिल्लामा बाढीको खतरा, सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाकाे सुझाव

काठमाण्डौ, १८ साउन । पूर्व र पश्चिमको पहाडी भेगका बासिन्दालाई बिहीबार बिहानसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

विशेषगरी पूर्वको कन्काई र झापा, मोरङ तथा सुनसरीका चुरे क्षेत्रबाट बहने खोलानालामा बुधबार दिउँसोदेखि बिहीबार बिहानसम्म कुनै पनि बेला बाढी आउने भएकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन शाखाले आग्रह गरेको हो ।

बुधबार पूर्व र पश्चिमी पहाडी भेगमा रातको समयमा थप सचेत हुन र सुरक्षित ठाउँमा बस्न पनि शाखाले आग्रह गरेको छ । कता बाढी जाने संभावना छ भन्नेबारेमा ११५५ नम्बरमा फोन गरेर जानकारी लिन सकिनेछ ।