अमेरिका उत्तर कोरियाको शत्रु हैनः विदेश मन्त्री रेक्स टिलरसन

काठमाण्डाै, १८ साउन । अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले अमेरिकाले उत्तर कोरियामा शासन वा सत्ता परिवर्तन नभइ उसले गर्दै आएको परमाणु गतिविधि नियन्त्रणको खोजीमा रहेको बताएका छन् ।

पछिल्लो समय उत्तर कोरियाले गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षणपछि तनाव बढ्दै गएका बेला  अमेरिका उत्तर कोरियाको शत्रु नरहेको स्पष्ट पार्दै टिल्लर्सनले आफ्नो देश कुनै न कुनै विन्दुमा गएर उत्तर कोरियासँग वार्ताको पक्षमा रहेको बताए ।

तर रिपब्लिकन पार्टीका एक उच्च सिनेटरले भने राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियासँग युद्ध गर्ने विकल्पमा पुगेको दाबी गरेका छन् । उत्तर कोरियाले पछिल्लो पटक गएको शुक्रबार अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।

त्यसपछि उत्तर कोरियाले अमेरिकाको सबै मूख्य क्षेत्रमा मिसाइल आक्रमण गर्न आफूहरु सक्षम रहेको दाबी गरेको थियो । तनाव बढ्दै गएका बेला अमेरिकी विदेश मन्त्रीले भने आफ्नो देशले उत्तर कोरियामा शासन परिवर्तन वा अहिले सत्तामा रहेका शासकको पतनको पक्षमा रहेको बताए ।

यस्तै कोरियाली प्रायद्विपको एकीकरण पनि आफूहरुको योजना रहेको र सेना पठाउने तयारी पनि रहेको उनको भनाई  छ । आफूहरु उत्तर कोरियाको शत्रु वा उसका लागि चुनौती नभए पनि उसले गरेका पछिल्ला गतिविधिले आफ्नो देशमाथि खतरा बढेकाले त्यसको प्रतिवाद मात्रै गर्ने  टिलरसनले बताएका हुन् ।