October 19, 2017

काश्मिरमा चरमपन्थीको हमलामा परी तीन सैनिकको मृत्यु

काठमाण्डौ, १४ वैशाख । भारत प्रशासित काश्मिरमा चरमपन्थीको हमलामा परी तीन सैनिकको मृत्यु भएको छ ।

काश्मिरको कुपवाडा जिल्ला चौकीबलस्थित सेनाको शिविरमा आज बिहान भएको आक्रमणमा सेनाका एक अधिकारीसहित तीन जवानको मृत्यु भएको हो । आक्रमणपश्चात् जवाफी कारबाहीमा दुई चरमपन्थीको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् ।

श्रीनगरमा गत अप्रिल ९ मा भएको उपचुनावको दौरान भड्किएको हिंसापछि यो आक्रमण भएको अधिकारीहरूले जनाएका छन् । उक्त हिंसामा कम्तीमा १० जनाको मृत्यु भएको थियो ।