November 19, 2017

महिला हिंसा रोक्न भोलिदेखि ‘सेफ्टी पिन’ अभियान सुरु हुने

काठमाण्डाै, १७  साउन । प्रहरीले सार्वजनिक गाडीमा महिला हिंसा बढेको भन्दै त्यसलाई रोक्न अभियान सञ्चालन गर्ने भएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयले महिला हिंसा रोक्न भन्दै सेफ्टी पिन अभियान सञ्चालन गर्न लागेको हो । साउन १८ अर्थात बुधबारबाट यो अभियान सुरु हुने महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।

मंगलबार आयुक्त कार्यालय रानिपोखरीमा पत्रकार सम्मलेन गर्दै निमित्त प्रमुख आयुक्त बम बहादुर भण्डारीले सार्वजनिक गाडीमा महिला हिंसा बढेको भन्ने गुनासो आएपछि यो कायक्रम सुरु गरिएको जानकारी दिए ।

महिलामाथि हुने हिंसा रोक्न एक सार्वजनिक गाडीमा एक महिला प्रहरीसहित तीन जना प्रहरी परिचालन गरिने छ । साथै प्रहरीको भ्यान पनि तयारी अवस्थामा राख्ने र कसैले महिला हिंसा गरे तुरुन्त प्रहरी भ्यानमा हाली प्रहरी कार्यालयल ल्याएर कानूनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा भण्डारीले पछिल्लो समय इन्टरनेटबाट हुने अपराध मौलाएको भन्दै यसप्रतिपनि प्रहरी सजक रहेको बताउनुभयो ।
अभियान सुरुमा तीन महिना गरिने आयुक्त कार्यालयले जनाएको छ । अभियान अहिले काठमाडौं उपत्यकामा मात्र लागु हुने प्रहरीले जनाएको छ ।