September 21, 2017

रापजाले चाहेमा संविधान संशाेधन प्रस्ताव निर्णयार्थ पेश गर्न सकिने : प्रचण्ड

अतिस कुमार मिश्र /जनकपुरधाम, साउन १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजपाले चाहेको खण्डमा संविधान संशोधन विधेयक निर्णयार्थ प्रस्तुत गरिने बताएका छन ।
जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफु प्रधानमन्त्री रहेकै बेला बैशाख १७ गते संविधान संशोधनका लागि आवश्यक संख्या पुर्याई भोटिङ्गको लािग तैयारी गरेको अवस्थामा राप्रपाको १० साँसद हराएकाले रोक्नुपरेको बताए । आफुले ती बेला पनि भोटिङ्गमा लैजाने प्रयास गरे पनि राजपाकै आग्रहमा फेल हुने भोटिङ्ग नगराउन रोकिएको उनको भनाई थियो ।
संशोधन विधेयक पास गराउन आफुहरु प्रयत्नशिल रहेको बताउदै प्रचण्डले अहिले पनि भोटिङ्गमा लैजाने अवस्था रहको तर त्यसका लागि राजपाको सहमति आवश्यक रहेको बताए ।
अध्यक्ष प्रचण्डले असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राजपालाई सहभागि गराउन सरकारले आवश्यक कदमहरु चालि रहेको उल्लेख गर्दै निर्धारित तिथिमा चुनाव हुनेमा कुनै आशंका नरहेको समेत बताए ।
राजपा चुनावमा आउनेमा विश्वस्त रहेको बताउदै अध्यक्ष प्रचण्डले दुई नंं प्रदेशको हकमा मधेश केन्द्रित दलहरु संग सहकार्य गर्ने योजना पार्टीले बनाएको बताएका छन ।
अहिले मुलुकमा दुई थरिका अतिवादहरु हावी हुँदै गएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले दुबै अतिवादले मुलुकलाई हानी हुने समेत बताएका छन ।
एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले मिथिलाकाे केन्द्रजनकपुर धामलाई उपमहानगर बाट महानगरमा स्तरोन्नति गर्नु पर्ने समेत बताएका छन । उनले जनकपुरलाई महानगर बनाउन आफनो पार्टीले नेतृत्व लिने घोषणा समेतगरेका छन ।
प्रदेश नं. २मा चुनावको मिति नजिकिदै गएको बेलामा चुनावी रणनीतिबारे छलफल गर्न अध्यक्ष प्रचण्ड सहित नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, सहितका नेताहरु जनकपुर पुगेका छन ।