September 25, 2017

धादिङको हुग्दीखोला पुलबाट ट्रक खस्यो, तीन जना घाइते

धादिङ , १७ साउन ।  धादिङको जोगिमारास्थित हुग्दीखोलाको पुलबाट मंगलबार बिहान मालवाहक ट्रक खोलामा खस्दा तीन जना घाईते भएका छन ।

काठमाण्डौबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ४७३८ नम्बरको ट्रक गाडीले विपरीत दिशाबाट आइरहेको ना ५ त ९१५६ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिदा ट्रक खोलामा खसेको हो । दुर्घटनामा ट्रकका चालक र सहचालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र दिलीप सापकोटा तथा ट्याक्टरमा सवार धादिङका निरज चेपाङ घाइते भएका छन्

उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको गजुरीस्थित इलाका  प्रहरी कार्यालयले जनाएको छ। मोडमा रहेको उक्त पुलमा  तीब्र गतिमा रहेको ट्रकले ट्याक्टरलाई ठक्कर दिएर खोलामा खसेको प्रत्यक्षदर्शीले बताए । करिब १ महिना अघि सोही पुलबाट ट्रक खस्दा ३ जनाले ज्यान गुमाएका थिए ।