नयाँ शक्ति पार्टीका नेता खिमलाल देवकाेटाले किन दिए राजिनामा ?

काठमाण्डाै,१७ साउन । नयाँ शक्ति पार्टीका नेता खिमलाल देवकाेटाले   काम नगर्ने पदकाे मात्र लोभ गर्ने प्रवृतीले नयाँ शक्ति पार्टीकाे संगठन सुदृढ हुन नसकेकाे बताएका छन ।

हिमालय टेलिभिजनकाे  कार्यक्रम समय सन्दर्भमा नेता देवकाेटाले भने- ‘स्थानिय निर्वाचनकाे परिणामले बैकल्पिक शक्तिको पहिचान कायम गर्न नसकेकाेले नेतृत्वले राजिनामा दिनु अावश्यक थियो । राजिनामाका दिन काेही अघि सरेनन अनि मैले प्रवक्ता पदबाट राजिनामा दिए।’

अाफ्नो राजिनामा पार्टीकाे सुधारका लागि महत्वपूर्ण घटना भएकाे दावी गर्दै नेता देवकाेटाले संघिय परिषदकाे बैठकमा पदाधिकारी सहितकाे जम्बो कमिटी बनाउने तयारी असफल भएकाे समेत दावी गरे । देवकाेटाले अाफु टिके नेतृत्व भन्दा निर्वाचित नेतृत्वकाे पक्षमा रहेकाे बताए ।