August 23, 2017

नेकपा मालेको ८ बुँदे घोषणा पत्र सार्वजनिक

काठमाण्डौ, १४ वैशाख । नेकपा मालेले स्थानीय तहलाई संविधान र कानुन अनुसार समावेशी बनाउने प्रतिबद्धता सहितको ८ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ ।

बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै मालेले मुलुकभरका सबै गाउँ र नगरका सरकारहरुले लागू गर्ने साझा नीति कार्यक्रमहरु र अन्य प्रकारका बिशिष्ट नीति कार्यक्रम समेटिएको घोषणा पत्र सार्वजनिक गरेको हो । मालेले जातीय पहिचान कायम गर्ने , जात प्रथाको अन्त्य गर्ने , पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउने, बहुधार्मिक नेपालमा धार्मिक स्वन्तन्त्रता कायम गर्ने लगायतका बिषय घोषणा पत्रमा उल्लेख गरेको छ ।

त्यस्तै संविधान अनुसारका बिशेष, संरक्षित र स्वायत्त क्षेत्र गठन गर्न पनि प्रतिबद्ध रहेको मालेले जनाएको छ । नेकपा मालेले विभिन्न देशभक्त, लोकतान्त्रिक र राष्ट्रवादी शक्तिहरुसँग सहकार्य गर्ने नीति अबलम्वन गर्ने जनाएको छ ।