September 23, 2017

एनसेलकाे फोरजी सेवा थप १० जिल्लामा विस्तार

काठमाडौं, १६ साउन । एनसेले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिंदै यी शहरहरुमा यहि मंगलबार देखि फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ ।

एनसेलद्वारा सोमबार जारी विज्ञप्तीमा फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा पनि मंगलबार देखि द्रुत गतिको मोवाइल ब्रोडब्याण्ड सेवाको लिन सक्ने जनाइएकाे छ ।

‘आफ्नो सिम कार्ड अझै फोरजी सिममा परिवर्तन नगरेका ग्राहकले फोरजी सेवा लिनका लागि आफूले प्रयोग गरिरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन्’ विज्ञप्तीमा भनिएकाे छ ।

एनसेलको फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा र दमौलीमा उपलब्ध छ । पछिल्लो सेवा विस्तार सँगै एनसेलको फोरजी सेवा देशका विभिन्न भागमा रहेका १७ शहरमा पुगेको छ ।
साथै थप १० वटा शहरमा एकै साथ फोरजी सेवा सञ्चालनमा आएको अवसरमा एनसेलले यी शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ ।

ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाका साथ ३० दिन सम्म योण्डर म्युजिकको निःशुल्क गीत सुन्न सक्ने कुरा विज्ञप्तीमा उल्लेख छ ।