September 25, 2017

काठमाण्डौमा मोनो रेल चलाउने विषयमा गृहकार्य भइरहेकाे छ : महानगर प्रमुख

काठमाण्डौ,१६ साउन । काठमाण्डौका मेयर  विद्यासुन्दर शाक्यले काठमाण्डौकाे यातायातमा सहजता ल्याउन मोनो रेलकाे गृहकार्य भइरहेकाे बताएका छन ।
ट्राफिक प्रहरी महाशाखाले सोमबार सोमबार सडक, यातायात, उपभोक्ता लगायत सरोकारवालासंग गरेको छलफलमा मेयर शाक्यले दशैसम्म  काठमाण्डौका खाल्टा खुल्टी पुरिसक्ने बताए ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले सडक र ट्राफिक सुधारको लागि काम गर्न आग्रह गरे ।
सडकमा ट्रिपर व्यवसायीको मनोमानी चलेको र दुर्घटनासमेत बढेको गुनासो आएकाले अब जथाभावी सवारी नचलाउन एसएसपी खनालले ट्रिपर चालक र संचालकलाई आग्रह गरेका गरे ।

कार्यक्रममा केही महिना अगाडि काठमाडौं लागू भएको जथाभावी बाटो काटे २ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था पुनः सुरु गर्न यातायात व्यवसायीले माग गरेका छन् । नेपाल यातायात व्यवसायी संघका महासचिव सरोज सिटौलाले गृहमन्त्री जनार्दन शर्माले नबुझेको कारण यो व्यवस्था हटाएकाले पुनः लागू गर्नुपर्ने माग गरे  ।