September 20, 2017

कालिकाेटमा पहिराेमा परेका मध्ये पाँच जनाकाे उद्दार तीनको अवस्था अज्ञात

कालिकोट, १६ साउन ।  आइतबार राति कालिकोटको पोरिवनमा एउटा घर पहिरोमा पुरिदा पाँच जनाकाे उद्दार गरिएकाे छ भने तीन जनाकाे अवस्था अज्ञात छ ।

डाँडाबाट घरमा ठूलो ढुंगा खस्दा एकै परिवारका तीनजना च्यापिएकाे हुनसक्ने प्रहरीले बताएकाे छ । उक्त ढुंगाले सान्नी त्रिवेणी गाउँपालिका–६ पोरिवनमा १२ वर्षकी ललिता सार्की, ९ वर्षका लंक सार्की र पाँच वर्षकी कल्पना सार्की च्यापिएका बताइएकाे छ । उनीहरु जीवितै रहे नरहेको बारे अहिले नै केही भन्न नसकिन प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

घाइते पाँचजनालाई भने जीवितै उद्धार गरिएको उनले बताए । घाइते मध्ये ४२ वर्षका बुदे सार्की र ३५ वर्षकी बेलु सार्कीलाई उपचारका लागि सदरमुकाम मान्म लगिएको छ ।

१७ वर्षकी रंगिला साकी, १० वर्षकी सर्मिला सार्की र १४ वर्षकी अस्मिता सार्की सामान्य घाइते भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । च्यापिएका तीनजनाको खोजीका लागि प्रहरी खटिएका छन् ।