August 20, 2017

कानून संशोधन गरे मात्र उपभोक्ता हित संरक्षण गर्न सकिने अापूर्तीमन्त्रीकाे भनाई

काठमाण्डाै,१६ साउन । अापूर्ति मन्त्री शिवकुमार मण्डलले  कानुनी जटिलता सुधार गर्न सके मात्र उपभोक्ता हित संरक्षण हुनसक्ने बताएका छन ।

हिमालयन टेलिभिजनकाे नियमित कार्यक्रम समय सन्दर्भमा मन्त्री  मण्डलले बजार अनुगमन गर्दा देखिने दोषलाई कानूनको दायरामा ल्याउन विद्धमान कानुन कमजोर रहेकाे बताए ।

बेला बेलामा उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरेर जनताकाे जीवनमा संकट पैदा गर्ने विरुद्ध कारवाही थाल्न कानुन संशोधन  गर्नै पर्ने अावश्यता मन्त्री मण्डलले अाैल्याए ।

उनले दुर्गम जिल्लाकाे खाद्यान्न संकट न्युनिकरण गर्न पहल गर्ने बताए । चाडपर्वकाे समयमा अति अावश्यक खाद्यान्न सामाग्रिकाे अभाव हुन नदिन कडा निगरानि गर्ने मन्त्री मण्डलले बताए ।