October 24, 2017

सरकारले चिया उत्पादनको क्षेत्रमा चासो नदिएको चिया व्यवसायीको गुनासो

काठमाण्डौ, १४ वैशाख । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २० औँ राष्ट्रिय चिया दिवसका अवसरमा चिया उत्पादनका लागि सरकारले चासो नदिएको गुनासो गरेका छन् ।

बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बर्षेनि अर्बौंको चिया निर्यात गरेर विदेशी मुद्रा आर्जन गरे पनि सरकारबाट उचित तरिकाले चियाको विकासमा सहयोग नपुगेको बताए । उनले उन्नत जातको पहिचान र प्रविधिको विकासबाट चियाखेतीलाई विस्तार गर्नुपर्ने आवश्यकता औल्याए ।

आ व २०७२/७३ मा १३ हजार २ सय ८९ मेट्रिक टन चिया विभिन्न देशमा निर्यात गर्दै रु दुई अर्ब ४० लाख आर्जन गरिएको बोर्डले जनाएको छ ।

विसं १९२० बाट व्यावसायिक रुपमा चियाखेतीको सुरुवात भएकोमा अहिले झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, कास्की, लमजुङ, ललितपुर, दोलखा, रामेछाप लगायत २४ जिल्लामा २७ हजार ६ सय ८८ हेक्टर क्षेत्रफलमा चियाखेती भइरहेको छ ।