November 17, 2017

जनसंख्या र भूगोलकाे अाधारमा मेडिकल कलेज स्थापनामा जोडदिनु पर्ने

काठमाण्डाै,१५ साउन । नेपाल चिकित्सक संघका महासचिव डा. लाेचन कार्कीले सहरमुखि स्वास्थ्य सुविधा, जनसंख्या र भुगाेललार्इ अाधार बनाएर ग्रामिण क्षेत्रमा माेडिकल कलेजकाे स्थापना गर्न सरकारले जाेड दिनु पर्ने बताएका छन् ।

हिमालय टेलिभिजनकाे नियमित कार्यक्रम समय सन्दर्भमा डा.कार्कीले अनशनरथ डा. गाेविन्द केसीका मागमा सरकार उदासिन रहेकाे अारोप लगाए ।

उनले डाक्टरहरुले निर्धक भएर काम गर्ने वातावरण दिन – प्रतिदिन बिग्रदै गएकाेप्रति चिन्ता व्यक्त गरे । कतिपय रोगहरुबाट बिरामीलार्इ बचाउन नसकिने अवस्थामा मृत्युकाे दोष डाक्टरहरुमाथि थोपार्ने गलत परिपाटीले स्वास्थ्य क्षेत्र असुरक्षित रहेकाे डा कार्कीले बताए ।