एमाले संघीयता मास्न चाहान्छ : रमेश लेखक

अतिश कुमार मिश्र /जनकपुरधाम, १५ साउन  । नेपाली कांग्रेसका नेता रमेश लेखकले नेकपा एमालेले प्रदेशकाे चुनाव भन्दा अगाडी प्रतिनिधीसभाकाे चुनावकाे माग गर्नु संघीयता मास्ने षडयन्त्र भएकाे बताएका छन ।

प्रचार प्रसार उपसमितिले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले चीन बाट फर्किए लगतै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको चुनावमा समस्या देखाउदै प्रतिनिधिसभाको चुनावको मांग गर्नु संघीयता मास्ने खेल भएकाे बताए ।

नेता लेखकले मधेशी जनताको लामो आन्दोलनबाट प्राप्त संघीयतालाई नेपाली काँग्रेसले कुनै हालतमा समाप्त हुन नदिने बताए । मधेशी जनताले लोकतन्त्रको स्थापना देखी गणतन्त्र र संघीयता सम्मको विषयमा काँग्रेसलाई साथ दिएको बताउदै उनले अबको निर्वाचनमा समेत काँग्रेसलाई भोट दिने विश्वास व्यक्त गरेका छन ।

नेता लेखकले असोज २ गतेकाे चुनावमा नेपाली कांग्रेसले अत्याघिक निकाय जित्दै मुलुकाे पहिलो पार्टी बन्ने दावी गरे । लोकतन्त्रका उर्वरभूमि तराई मधेश भएकाले तराई मधेशवासीले लोकतन्त्रककाे संरक्षक पार्टी नेपाली काँग्रेसलाई नै मत दिने विश्वास व्यक्त गरे  ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा एमाले बाट ५० स्थानले पछि परेपनि मधेशी जनताले काँग्रेसलाई पहिलो बनाउनमा पार्टी पक्ति श्वस्तरहेको उनले बताए ।
संविधानबारे मधेशी जनताले देखाउदैआएको असन्तुष्टिलाई नेपाली काँग्रेसले आत्मसात गर्दै संविधान संशोधनको प्रक्रिया अगाडी बढाए पनि नेकपा एमालेको कारण सम्भव हुन नसकेको समेत बताए ।
नेता लेखकले मधेशी जनताको भावना अनुरुप मुलुकमा स्थापित भएको संघीयतालाई पुनः धरापमा पार्नेखेल शुरु भई सकेको उल्लेख गरे ।
संघीयतालाई समाप्त पार्ने खेलमा नेकपा एमाले लागेको उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादव, पत्रकार नेताहरु सुरेशआचार्य, धर्मेन्द्र झा लगायत प्रेस युनियनका केन्द्रिय अध्यक्ष समेतको उपस्थिति थियो ।