September 20, 2017

वरिष्ठ गायक हरिप्रसाद रिमाल तथा वरिष्ठ संगीतकार चन्द्रराज शर्मा सम्मानित

काठमाण्डाै, १३ साउन । भक्तराज आचार्य संगीत प्रतिष्ठानले रेडियो नेपालका पहिलो गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाल तथा वरिष्ठ संगीतकार कलाभूषण चन्द्रराज शर्मालाई सम्मान गरेको छ ।

काठमाण्डौमा शुक्रबार एक कार्यक्रममा रिमाललाई भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान र शर्मालाई भक्तराज आचार्य अन्तराष्ट्रिय संगीत पुरस्कारबाट सम्मान गरिएको हो ।

दुवै पुरस्कारको राशी समान ५० हजार एक रुपैया रहेको र प्रतिष्ठानका तर्फबाट संगीत कल्याणकारी कोषलाई समेत २५ हजार रुपैँया हस्तान्तरण गरिएको जनाइएको छ ।