November 17, 2017

७ वटै प्रदेशमा नेपाली सेनाको पृतना स्थापना हुने

काठमाण्डाै, १३ साउन । रक्षामन्त्री भिमसेनदास प्रधानले सात वटै प्रदेशमा सेनाकाे पृतना स्थापना गरिने बताएका छन ।

शुक्रबार काठमाण्डौमा आयोजित साक्षात्कारमा उनले संविधान कार्यान्वयनका लागी मुख्य निर्वाचन बाकि नै रहेको भन्दै यसमा सेनाको भूमिका महत्वपूर्ण हुने बताए ।

दुवै चरणका स्थानिय  निर्वाचनलाई शान्तिपूर्ण रुपले सम्पन्न गर्न नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेकाे बताउदै  मन्त्री प्रधानले नेपाली सेनाले गरिरहेको काठमाण्डौ निजगढ द्रुतमार्ग निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ भारतबाट ल्याइने समेत उल्लेख गरे ।

उनले राष्ट्रिय प्रतिरक्षा नीति निर्माण गर्न गठित कार्यदलको म्याद दुई महिना थप गरिएको जानकारी पनि दिए ।