Breaking News

सडकमा खाल्डाखुल्डीहरुको सर्वसाधारणले सास्ती भोग्न पर्दैनः यातायातमन्त्री

काठमाण्डाै,१३ साउन । भौतिक योजना तथा यातायातमन्त्री विरबहादुर बलायरले अबदेखि सडकमा खाल्डाखुल्डीहरुको सास्ती सर्वसाधारणहरुले भोग्न नपर्नेे बताएका छन् ।

रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौमा गरेको साक्षात्कारमा उनले मन्त्रालयमा आउनेवित्तिकै सम्बन्धित निकायलाई यसबारेमा निर्देशन दिईसकेको बताए । मन्त्री बलायरले सडकमा देखिएका खाल्डाखुल्डीहरुको बारेमा प्रधानमन्त्रीजस्तो व्यक्तिले बोल्नु नै बिडम्बना भएको स्पष्ट पारे । उनले मेलम्ची खानेपानी आयोजनाका कारणले काठमाण्डौका सडकहरुमा खाल्डाखुल्डीहरु भएका र धुलाम्य भएको स्पष्ट पारे ।

उनले आफ्नो कार्यकालमा धेरै महत्वपूर्ण कामहरु गर्नुपर्ने भएकोले त्यसको लागि आफूले तत्कालिन र दिर्घकालिन योजना समेत बनाउने तयारी गरिरहेको जानकारी दिए । नेपाल दिगो विकासको पक्षधर राष्ट्र भएकोले यसका सुचकहरु अनुसार नै काम गर्न पर्याप्त आधार नभएर पनि लोकल ईण्डिकेटर अनुसार काम गर्नुपर्ने उनको भनाई छ ।

shares