माघ ७ गतेको संबैधानिक सिमानालाई आयोग र सरकारले भुल्न नहुनेः ओली

काठमाण्डाै, १३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश भन्दा पहिले संसदीय निर्वाचन गर्नुपर्ने बताएका छन् ।

मानसरोवरबाट शुक्रबार स्वदेश फर्केपछि त्रिभुवन बिमानस्थलमा संचारकर्मीसंग कुरा गर्दे उनले अहिले संसदको निर्वाचन महत्वपूर्ण भएको भन्दै प्रदेश भन्दा संसदीय निर्वाचन पहिला गर्नुपर्ने धारणा राखेका छन्। ओलीले माघ ७ गतेको संबैधानिक सिमानालाई आयोग र सरकारले भुल्न नहुने समेत धारणा राखे ।

अध्यक्ष ओलीले अहिले संशोधनको विषयमा छलफल गर्न एमालेलाई फुर्सद नभएको टिप्पणी गरे। उनले राजपापनि लोकतान्त्रिक प्रक्रियामा आउनुपर्ने भन्दै संसोधनको मुद्धमा एमालेले नभई काग्रेसले नै राजपालाई अल्झाउने कार्य गरेको आरोप लगाए । ओलीले तातोपानीको बाटो सुधार गर्न तीब्बत सरकारसँग कुरा गरेको समेत बताउदै तीब्बत बोर्डरसम्म बाटो पुर्याउन तयार रहेको जानकारी पनि दिएका छन् ।