November 18, 2017

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफद्वारा राजिनामा

काठमाण्डौ,१३ साउन, । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले सार्वजनिक पदका लागि सर्वोच्च अदालतले अयोग्य ठहर गरेको केही घण्टामै राजिनामा दिएका छन ।

शरिफलाई अदालतले सार्वजनिक पदका लागि अयोग्य ठहर गरेको थियो ।  प्रधानमन्त्रीको पाँच वर्षे पूर्णकार्यकाल पूरा गर्न एक वर्ष बाँकी छँदै शरिफले पदबाट राजिनामा दिन बाध्य भएका हुन् । पनामा पेपर्सले नवाज शरिफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेको थियो ।

त्यसैलाई टेकेर उनीविरुद्ध विपक्षी दलका नेता इमरान खानलगायतले अदालतमा मुद्दा दायर गरेका थिए । यद्यपी शरिफ परिवारले कालो धन राखेको आरोप अस्वीकार गर्दै आएको छ ।