जनैपूर्णिमाको अबसरमा पाटनको कुम्भेश्वर मन्दिरमा भक्तजनहरुको घुइँचो

काठमाण्डाै, १३ साउन । जनैपूर्णिमाको अबसरमा पाटनको कुम्भेश्वर मन्दिरमा  धुमधामका साथ मेला लागेको छ ।

कुम्भेश्वर मन्दिरमा देशभरका विभिन्न स्थानबाट आएका भक्तजनहरुको बिहानैबाट ठुलो घुइँचो लागेको छ । पुजा गर्नेको भीड व्यबस्थीत गर्नका लागि नेपाल स्काउट, रेडक्रस सोसाईटी तथा स्थानीय युवा भोलेन्टियरका रूपमा खटेका थिए भने मन्दिरका आसपासमा सुरक्षा लागी ससस्त्र प्रहरी र नेपाल प्रहरी खटेका थिए ।

यस दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटीलाई किसानले खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको गेडागुडी खाने गरेको भनाई छ ।