September 25, 2017

झारा टराई मात्र खाल्डा पुर्ने काम ?

काठमाण्डौ, १३ साउन । काठमाण्डौ उपत्यकास्थित सडकका खाल्डा माटोले मात्र पुरेर झारा टार्ने काम भएको छ ।

प्रधानमन्त्री कार्यालयले बिहीबार गरेको अनुगमनका अधिकांश ठाउँका खाल्डा पुर्न माटोमात्रै प्रयोग गरेको भेटिएको हो ।सडकका खाल्डा पुर्न झारा टार्ने काममात्रै गरेको पाइएको प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले ती खाल्डा गिटी हालेर पुर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयका सहसचिवसहितको टोली बिहीबार अनुगमनका लागि खाल्डा पर्नु तोकिएको २१ स्थानमा पुगेको थियो । खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च सरकारी अधिकारीले ६० प्रतिशत काम सकिएको प्रतिवेदन बुझाएपछि त्यसमा शंका लागेर प्रधानमन्त्री कार्यालयले अनुगमन गरेको हो । याे खबर नागरिक दैनिकमा  छ ।