October 23, 2017

सरकार पहाड र तराई टुक्राउन लागिपरेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाण्डौ, १४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनको आवरणमा सरकारले पहाड र तराई टुक्राउन लागेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पार्टीको प्रचार विभागको भेलाको उद्घाटन गर्दै सरकारले हचुवाका भरमा संविधान संशोधन र सीमाङ्कन गरेर पहाड र तराई टुक्राउन लागेको आरोप लगाएका हुन् ।

ओलीले जेठ ३१ गते चुनाव सार्नु भनेको जेठ १५ गते पपुलिष्ट बजेट ल्याएर १५ दिन सम्म बजेटको प्रचार गरेर चुनावलाई प्रभावित पार्नु भएको बताए । सरकारले संविधानलाई नै हेरफेर गर्न खोजेर गैरसंवैधानिक कार्य गरेको ओलीको भनाई छ ।

अध्यक्ष ओलीले डिआइजी नवराज सिलवालको बारेमा टिप्पणी गर्दे सरकारले किर्ते काम गरेको आरोप समेत लगाए । त्यस्तै उनले सरकार र माओवादीले एमाले पार्टी विरुद्ध भ्रम फैलाइरहको पनि बताए ।