September 25, 2017

बौद्ध संस्कृति मुलुकको अनुपम धरोहर : राष्ट्रपति

काठमाण्डाै, १२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध धार्मिक स्थलहरुको पहिचान, संरक्षण र सम्बर्धन हुन नसकेको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले बुद्धको शान्ति, सत्य र अहिंसाको दर्शन संसारभर फैल्याई पर्यटक भित्रयाउन सके मुलुक छिट्टै समृद्ध हुने पनि स्पष्ट पारिइन । विहिबार काठमाण्डाैमा आयोजित बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गरेका धर्मगुरुहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले बौद्ध संस्कृति मुलुकको अनुपम धरोहर रहेको उल्लेख गर्दै त्यसको संरक्षण र सम्बर्धनमा सबैले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याइन ।

राष्ट्रपति भण्डारीले बौद्ध धर्मगुरुहरुले गुम्बा तथा विहारहरुको सम्बर्धन र संरक्षणमा पुर्‍याएकाे योगदानको पनि प्रशंशा गरिन ।