देउवा सरकारमा थपिएका १९ मन्त्रीले गरे शपथ ग्रहण, को के मन्त्री?

काठमाण्डौ, ११साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

बुधबार कांग्रेसबाट १० जना, माओवादीबाट ६, फोरमबाट २ र नेकपा संयुक्तबाट एक जना मन्त्री थपिएका हुन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शथप ग्रहण गराएकी छन् । यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ ।

  कांग्रेसबाट थपिएका मन्त्रीहरू

  • यज्ञबहादुर थापाले कानुन मन्त्रालय,
  • वीरबहादुर बलायरले भौतिक पूर्वाधार र योजना,
  • मोहनबहादुर बस्नेतले सूचना तथा सञ्चार,
  • सञ्जय गौतमले सिँचाइ,
  • मीन विश्कर्माले वाणिज्य,
  • अम्बिका बस्नेतले गरिबी निवारण र सहकारी विकास
  • भीमसेनदास प्रधानले रक्षा,
  • रामकृष्ण यादवले कृषि,
  • राजन केसीले युवा तथा खेलकुद
  •  महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालय सम्हाल्ने भएका छन् ।                                           माओवादी केन्द्रबाट थपिएका मन्त्रीहरू
  • गिरिराजमणि पोखरेल स्वास्थ्य,
  • महेन्द्रबहादुर शाहीले ऊर्जा
  • टेकबहादुर बस्नेत सामान्य प्रशासन,
  • शिवकुमार मण्डल आपूर्ति,
  • सन्त चौधरी पशुपन्छी विकास
  •  आशा खनालले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाउएकी छन् ।               यस्तै फोरम लोकतान्त्रिकबाट थपिएका मन्त्रीहरू
  • जितेन्द्र नारायण देव पर्यटन
  •  गोपाल दहित भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाउएका छन् ।                                                                 नेकपा संयुक्तबाट
  • मिथिला चौधरीले वातावरण मन्त्रालयकाे जिम्मेवारी पाउएका छन् ।