October 18, 2017

झापाको भद्रपुरमा आयुर्वेद स्वास्थ्य सेवा अन्तर्गतका उपचार सेवा सुरु

पकंज शर्मा , झापा १४ बैशाख। झापाको भद्रपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले पंचकर्म, क्षारसुत्र, योग, प्याथोलोजी र फार्मेसी सेवा एकैसाथ सञ्चालनमा ल्याएको छ ।

झापासहित मेची अञ्चलका विरामीहरु भारतीय बजारमा धाउदै चर्को शुल्क तिनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सरकारी आयुर्वेद स्वास्थ्य केन्द्रले उक्त सेवाहरु सञ्चालनमा ल्याएको हो ।

आयुर्वेद चिकित्सा पद्धतिबाट हुने उपचारमा आम मानिसले विश्वास गर्न थालेपछि आयुर्वेद विभागले नितिगत सहमति दिएपछि केन्द्रको निर्णयले सेवा विस्तार गरेको कार्यालय प्रमुख डा. केनिन राईले बताउनु भयो ।

विरामीको सेवालाई मध्यनजर गर्दै केन्द्रले आन्तरिक बजेट र सहयोग अनुदानबाट संकलित रकमबाट उपचार सेवाहरु थप गरेको डा= राईले बताए । यसअघि केन्द्रले ओपीडि सेवाबाट विरामी जाच्ने र औषधी दिने काम गर्दै आइरहेको थिए । यो उपाचार पद्धति ल्याएसगै अव पायल्स, फिस्टुला, पिनास, आखा, टाउको दुख्ने, मलदुवार लगायत रोगका उपचार सहजै रुपमा निको पार्न सकिने उनले बताए । पंचकर्म र क्षारयुत्र उपचार पद्धतिले शरिरको मल, मुत्र र रगत सम्बन्धीको उपचार गर्दा विरामीलाई कम खर्च लाग्ने कविराज तीर्थराज आचार्यले भनाई छ ।