August 23, 2017

नेपाल–चीन संयुक्त सैन्य तालिम ‘सगरमाथा फ्रेन्डसिप–२०१७’ सञ्चालन गरिने

काठमाण्डौ, ३१ चैत्र । नेपाली सेनाले पहिलो पटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग संयुक्त सैन्य तालिम ‘सगरमाथा फ्रेन्डसिप–२०१७’ सञ्चालन गर्ने भएको छ ।

विश्वमा गम्भिर सुरक्षा चुनौतीको रुपमा देखा पर्दै गइरहेको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यस्तो कार्यक्रम गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।

यस प्रकारको द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासहरुबाट सैनिक ज्ञान तथा पेशागत क्षमता अभिवृद्धि गर्नुको साथै कुटनीतिक सम्बन्ध पनि मजबुत हुने विश्वास गरिएको छ ।

नेपाल र चीनबीच विभिन्न समयमा विपद् व्यवस्थापन लगायत अन्य साझा सरोकारका विषयमा समय–समयमा संयुक्त तालिम, सेमिनार तथा अभ्यासहरु सञ्चालन हुँदै आएको छ ।