Breaking News

लार्चा पुल भत्किदा पाँच सय घरपरिवार खाद्यान्न संकटमा

काठमाण्डाै,११ साउन । सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाँउपालिका स्थित लार्चामा रहेको पुल भत्किदा लार्चाका पाँच सय घर धुरीपरिवार विचल्लिमा परेका छन् ।

तातोपानी नाका जोड्ने उक्त पुृल भत्किदा पुल पारीका बासीन्दालाई खाद्यान्नको संकट भएको छ । चिनसँग जोडिएको तातो पानी नाका बन्द रहेको र सिन्धुपाल्चोक बजारसंग जोड्ने पुल भत्किए पछि उनिहरुलाई दैनिक छाक टार्न कठिनाई भएपछि पुल पारीका बासीन्दालाई खाद्यान्न संकट नहोस भनेर खाद्यान्न पुराउनको लागी उद्योग बाणिज्य संघ सिन्धुपाल्चोक र भोटेकोसी गाँउ पालिकाको पहलमा तत्कालका लागी बेलि ब्रिज वा तुइनको निर्माण गर्ने उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेद बहादुर श्रेष्ठले जानकारी दिए ।

त्यस्तै प्रभावित क्षेत्रका वासीन्दाहरुलाई आवत जावत गर्न र खाद्यान्न पुर्‍याउनको लागी घिर्लिङ राख्ने काम तिब्र रुपमा अगाडि बढाईएको भोटेकोसी गाँउपालिकाका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । भौगोलिक रुपमा उव्जाउ नहुने जग्गा भएका कारण त्यहाँका बासिन्दाले दिनहुँ खाद्यान्न किनमेल गरेर जिविको पार्जन गर्नु पर्ने बाध्यता रहिआएको छ । समयमा पुल निर्माण वा विकल्प नखोजिए लार्चावासिले निकै कष्ट भोग्नुपर्ने भएकाले सम्बन्धित निकायले छिटो भन्दा छिटो विकल्पको रुपमा आवत जावत गर्ने व्यवस्था गर्नुपर्ने जरुरी देखिन्छ ।

shares