Breaking News

मोबाइलमा नेपालीकाे दैनिक खर्च १८ करोड

काठमाण्डाै, ११ साउन ।  झन्डै एक चौथाइ नागरिक गरिबीको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रूपैयाँ मोबाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ ।

मुलुकका दुई ठूला मोबाइल प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका ग्राहकले दिनमा नौ करोड रुपैयाँ खर्च गरेको देखिएको छ । टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको छ । यो दैनिक औसत नौ करोड रुपैयाँभन्दा बढी हो ।

अर्को ठूलो मोबाइल सेवा प्रदायक एनसेलको वार्षिक आम्दानी हेर्दा ग्राहकले अझै धेरै खर्च गरेको देखिन्छ । दुबै कम्पनीका ग्राहकले गरेको खर्च जोड्दा  १८ करोडभन्दा बढी हुन्छ । मुलुकभर ६ वटा दुरसञ्चार सेवा प्रदायक कम्पनी भए पनि अरू चार वटाको कारोबार धेरै छैन। मुलुकभर कार्ड र अनलाइनबाट रेको रिचार्जमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्र हुने गरेको छ । यो खबर नागरिक दैनिकमा छ।

shares