September 25, 2017

वान बेल्ट वान  रोडले नेपालकाे विकासमा योगदान पुग्ने झलनाथ खनालकाे भनाई

काठमाडौँ, १० साउन । पूर्व प्रधानमन्त्री झलनाथ खनालले चीनको वान बेल्ट वान  रोड(ओबिओआर) अवधारणबाट नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन ।

नेपाल–चीन मैचीपूर्ण समाजले आज आयोजना गरेको चीनको ‘वान बेल्ट वान  रोड(ओबिओआर) बाट नेपालको आर्थिक विकासमा योगदान’ विषयका कार्यक्रममा उहाँले उक्त अवधारणाले नेपालको बहुआयामिक क्षेत्रमा योगदान पुग्ने बताए ।

नेता खनालले सो अवधारणबाट दुईदेशको आर्थिक, सामाजिक र सांस्कृतिक विस्तारमा बृद्धि भई मुलुकको समृद्धिमा सहयोग पुग्ने  धारणा  व्यक्त गरे।