November 19, 2017

साझा र विवेकशीलबीच भोलि एकता हुदै

काठमाडौँ, १० साउन । उज्वल थापा नेतृत्वकाे  विवेकशील नेपाली दल र रविन्द्र मिश्र नेतृत्वकाे साझा पार्टीबीच भोलि बुधबार एकता हुने भएको छ।

दुवै पार्टीद्वारा आज जारी विज्ञप्ति अनुसार भोलि दिउँसो साढे एक बजे इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर एकताकाे घोषणा हुने छ।

एकिकरण पश्चात पार्टीकाे नाम, घोषणापत्र, झण्डा, लोगो के हुने भन्ने विषयमा एक महिना भित्र टुङ्गो लगाउने  बताइएकाे छ ।