Breaking News

संविधान संशोधन नभई असोज २ को चुनाव हुन्न : महन्त ठाकुर

मोहन बल्ल / भक्तपुर, १० साउन । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभई असोज २ गतेकाे चुनाव हुन नसक्ने बताएका छन ।

रफत सञ्चार क्लबको साक्षात्कारमा बोल्दै अध्यक्ष ठाकुरले संबिधान संशोधन आफूहरुको प्रमुख एजेन्डा भएकाले त्यसको पूर्णता बिना यथास्थितिमा आफूहरु निर्वाचनमा सहभागि नहुने बताएका हुन ।

उनले हाल संविधान संशोधनका लागि सत्तापक्षले दुई तिहाई मत पुर्याउन लागेता पनि एमाले बिगत देखिनै आफूहरुको मागको बिपक्षीमा रहेकोले संविधान संशोधनले पूर्णता पाउन नसकेको बताए ।

आफूहरुका मागका बारे सरकारले जहिले पनि स्पष्ट ब्यवहार देखाउन नसकेको आरोप लगाउँदै अध्यक्ष ठाकुरले भन्ने ‘सरकारले आफूले गरेको बाचाहरु पुरा नगर्दा समस्या झनै सुल्झिनु भन्दा बल्झँदै गएको छ ।’

अध्यक्ष ठाकुरले  तराईमा आफ्ना  कार्यकर्ताहरुलाई पक्राउ गर्ने र झुठ्ठा मुद्दा लगाउने कार्य सरकारले गरिरहेकाेमा अापत्ती व्यक्त गरे । तराई आन्दोलनमा घाईतेको उपचार, जेलमा भएकाहरुलाई तत्काल रिहा गर्नु पर्ने  अध्यक्ष ठाकुरले माग गरे ।

shares