September 26, 2017

प्रेस युनियनद्वारा पत्रकार घुस काण्डकाे स्वतन्त्र छानवीनकाे माग

काठमाडौँ, १० साउन । नेपाल प्रेस युनियनले  घुस काण्डमा मुछिएका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यकाे विषयमा स्वतन्त्र छानवीनकाे माग गरेकाे छ ।

केही दिन अघि एक जना व्यवसायी विरुद्दको समाचार प्रशारण नगर्ने सर्तमा काठमाण्डौकाे इमेज च्यानलमा कार्यरत तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका पत्रकारले एक लाख रुपैया घुस मागेकाे भिडियो सार्वजनिक भएकाे थियो ।

उक्त भिडियोमा ती पत्रकारले इमेज च्यानलमै कार्यरत नेपाल पत्रकार महासंघका अध्यक्ष समेतलाई उक्त घुसकाे रकम दिनु पर्ने कुरा उल्लेख गरेका थिए ।

घटनाकाे छानवीनका लागि पत्रकार महासंघका महासचिवकाे नेतृत्वमा बनेकाे समितिप्रति नेपाल प्रेस युनियनले विश्वास नरहेकाे बताएकाे छ । यस घटनामा प्रेस काउन्सिल समेत माैन बस्नुलाई यूनियनले संदेहका रुपमा बुझेकाे बताएकाे छ ।