November 17, 2017

राष्ट्रिय परिचयपत्रमा देश र अामाकाे नाम छुटाइएकाे छैन : गृहमन्त्री

काठमाण्डाै, ९ साउन । गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुटाइएको भनी प्रकाशित समाचार सही नभएको बताएका छन ।
सोमबार व्यवस्थापिका संसदमा बोल्दै उनले आमाको मात्र नभई परिचयपत्रमा हजुरआमाको पनि नाम रहेको स्पष्ट पारे । उनले सत्यतथ्य समाचारका आधारमा विषय प्रवेश गराउन सांसद्को ध्यानाकर्षण समेत गरे ।

यसअघि एक राष्ट्रिय दैनिकले आमाको नाम नराखिएको र देशको नाम पनि गलत राखिएको बारे समाचार प्रकाशन गरेको थियो । यस बिषयमा आईतबारको बैठकमा सासंदहरुले धारणा राखेका थिए ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय परिचयपत्रको नमूना पनि समावेश भएको गृहमन्त्री शर्माले जानकारी दिए । उनले महिलाविरुद्धको हिंसाका घटनालाई मानव सभ्यताको कलंक भएको उल्लेख गरे । घरेलु हिंसामा घाइते भएका महिलाहरुकाे उपचार र सामाजिक पुनस्थापनकाे काम राज्यले गरिरहेको मन्त्री शर्माले जानकारी दिए ।
गृहमन्त्री शर्माले सिन्धुपाल्चोकको लार्चा पुलको रिपोर्ट प्राप्त गर्ने वित्तिकै बेलिव्रिज लगायतको व्यवस्था हुने बताउदै आवागमनलाई तत्काल सुचारु गर्नका लागि सरकार सचेत रहेको बताए ।