Breaking News

विश्वविद्यालय ऐन संशोधन गर्नु स्वभाविकः प्रधानमन्त्री

काठमाण्डाै, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको विद्यमान ऐन नियम, विनियममा समयसापेक्ष संशोधन गर्नु स्वभाविक बताएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आठौँ सभालाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले ऐनमा केही संशाेधन गर्न विगत वर्षमै प्रक्रियामा सुरु भएको प्रक्रियालाई शीघ्र टुंगो लगाइने विश्वास व्यक्त गरे । विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले नेपालका विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय भएको बताए ।

प्रधानमन्त्री देउवाले लुम्बिनी मात्र नभई बुद्धसँग जोडिएका कपिलवस्तु, रामग्रामजस्ता पुरातात्विक क्षेत्रका साथै स्वयम्भू, बौद्धनाथ जस्ता धार्मिक तथा सांस्कृतिक क्षेत्रबारे ज्ञान दिलाउन सो विश्वविद्यालय थप अग्रसर हुनुपर्नेमा जोड दिए । विश्वविद्यालयका उपकुलपति डाक्टर नरेशमान बज्राचार्यले विश्वविद्यालयका गुरुयोजना पूर्णरुपमा सम्पन्न भइसकेको र प्राज्ञिक कार्यक्रमको पनि वृद्धि भइरहेको जानकारी दिए ।

shares