August 20, 2017

काबुलमा कार बम विष्फोट, २४ जनाको मृत्यु, ४२ घाइते

काठमाण्डाै, ९ साउन । अफगानिस्तानको राजधानी काबुलमा भएकाे कार बम विष्फोटमा  २४ जनाकाे मृत्यु भएकाे छ । ४२ जना घाइते भएको छन्।

अफगानिस्तानका एक अधिकारीले बताएअनुसार आक्रमणकारीले खानी मन्त्रालयका कर्मचारी बोकेको बस नजिकै आफ्नो कारमा बम विस्फोट गराएका थिए। घटना राजधानी काबुलको पश्चिम भागमा  शिया हजारा समुदायको बसोबास छ । क्रमणकारीले कर्मचारी बोकेको बसलाई नै निशाना बनाउन खोजेका थिए वा थिएनन् भन्ने प्रष्ट भइसकेको छैन। विद्रोही समूह तालेबानले आक्रमणको जिम्मेवारी लिएको छ।

पश्चिमी काबुलमा हजारा समूहका नेता मोहमद मोहकिक लगायतका प्रभावशाली नेताहरु बसोबास गर्दछन् ।अधिकारीहरुले हताहत हुनेको संख्या अझै बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा सन् २०१७ जेनु्अरीदेखि जुनसम्ममा १ हजार ६ सय ६२ गैरसैनिक व्यक्तिहरुको ज्यान गइसकेको छ ।३ हजार ५ सय भन्दा बढी घाइते भएका छन् ।