तातोपानी नाका संचालनकाे पहल गरिदिन प्रचण्डलार्इ ज्ञापन पत्र

काठमाण्डाै, ८ साउन । नेपाल सीमा व्यापार संघले चीनसँग व्यापार सिमाना जोडिएको तातोपानी नाका तत्काल संचालनमा ल्याउनका लागी पहल गरिदिन नेकपा माओवादी केन्द्रसंग आग्रह गरेको छ ।

आईतबार माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउदै संघले तातोपानी नाका खुलाउनुपर्नेमा जोड दिएको हो । नाका सञ्चालनमा नआउँदा आफूहरुको ठूलो लगानी जोखिममा परेको संघको भनाई छ । ज्ञापन पत्र बुझ्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूले चिनियाँ राष्ट्रपतिसँगको भेटमा पनि नाका खुलाउने बारेमा कुरा राखेको र सरकारले पनि पहल गरिरहेको भन्दै चिनियाँ सुरक्षा चासोको कारण नाका खुल्न ढिलाई भएको अनुभूति आफूलाई भएको बताए ।

त्यस्तै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्ण वहादुर महरा र गृहमन्त्री जनार्दशन शर्माले पनि आफ्नो तहबाट पहल भईरहेको बताएका थियो । नेपाल सीमा व्यापार संघले समयमा नै उक्त नाका खोल्न सके निकै सहज र सुलभ ढंगबाट व्यापार गर्न सकिने जनाएको छ ।