Breaking News

२ हजार ३ सय ६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई पक्राउ

काठमाण्डाै, ८ असार । प्रहरीले २ हजार ३ सय ६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाण्डाै, बूढानीलकण्ठ नगरपालिका– ७ बाट काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं १ का दिनेश थापा र तेह्रथुम आठराई नगरपालिका–४ घर भई नयाँ बजार बस्ने पदम आले मगरलाई पक्राउ गरेको व्युरोले पत्रकार सम्मेलन गरि जनाएको छ । साथमा  रु ४७ हजार नेपाली र एक हजार ९ सय २० भारतीय रुपैयाँ पनि बरामद गरेकाे छ ।

देशभरीमा हाल लागुऔषध प्रयोगकर्ताको संख्या करिब एक लाख रहेको प्रहरीको अनुमान छ । काठमाडौँ, पोखरा, बुटवल, धरान लगायत सहरमा लागुऔषध दुर्व्यवसनीको संख्या अरु शहरको तुलनामा बढिरहेको लागुऔषध ब्युरोका प्रमुख धिरु बस्नेतले बताए । अवैध हातहतियारको व्यापारपछि दोस्रो ठूलो व्यवसायका रुपमा गिरोहले लागुऔषध ओसारपसार गर्दे आएका छन्

shares